बाँपीझ्याला, काठमाडौं । मल्टिस्टार फिल्म ‘लाखे’ को प्रदर्शन मिति परिवर्तन भएको छ । ११ कात्तिकबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म एक सातापछि सरेको छ । अर्थात फिल्म अब कात्तिक १८ मा मात्र प्रदर्शन हुने भएको छ । कात्तिक ११ मा महजोडीको फिल्म ‘महापुरुष’ रिलिज हुने भएपनि महलाई सम्मान गर्दै फिल्मको रिलिज मिति सारिएको निर्माण युनिटले जनाएको छ ।
गत भदौ ३१ गतेलाई रिलिज मिति तय गरिएको ‘लाखे’ को प्राविधिक काम नसकिएपछि कात्तिक ११ मा सरेको थियो । अहिले फेरि यसको रिलिज मिति प्रदर्शन भएको छ । फिल्मका लागि पटक–पटक यसरी रिलिज मिति परिवर्तन हुनु राम्रो मानिन्न । सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार लगायतको अभिनय छ ।
हरि मल्लठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।
औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मको पटकथा आकाश बरालले गरेका हुन् भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले आरआर फिल्मस् मार्फत वितरण गर्दैछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij