बाँपीझ्याला, काठमाडौं । फिल्म ‘प्रसाद २’को विवाद टुंगिएको छ । चलचित्र निर्माता संघको मध्यस्थतामा भएको वार्तामा दुईबुँदे सहमति भएको छ । निर्माता सुवास थापा, निर्देशक सुदर्शन थापा र अभिनेता विपिन कार्कीले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति भएको छ ।
दोस्रो बुँदामा, यदि उक्त समयमा पनि निर्देशकको सेड्युल नमिलेको खण्डमा उपयुक्त समयमा छायांकन गर्ने समझदारी छ । निर्माता संघका अध्यक्ष नवल खड्काले यो सहमतिसँगै ‘प्रसाद २’को विवाद टुंगिएको जानकारी दिए । ‘खासमा उहाँहरुबीच विवाद नै रहनेछ । गलत बुझाइ मात्र पाइयो र नचाहिने भन्दा बढी हल्ला भएको पाएँ । यो विवाद टुंगियो,’ अध्यक्ष खड्काले भने ।
विपिन आगामी साता बलिउड फिल्म ‘एनिमल’ छायांकनलाई मुम्बई जाँदैछन् । त्यहाँ उनको तालिका २८ दिनको छ । त्यताबाट फर्किएपछि मात्र विपिन ‘प्रसाद २’मा जोडिनेछन् । गत भदौ ९ गते निर्माता थापाले सुटिङको वातावरण मिलाइदिन आग्रह गर्दै निर्माता संघमा उजुरी दिएका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij