Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

‘महापुरुष’ फिल्मको ट्रेलर सार्वजनिक

‘महापुरुष’ फिल्मको ट्रेलर सार्वजनिक

बाँपीझ्याला, काठमाडौं । हास्यरसका फिल्म बनाउँदै आएका प्रदीप भट्टराईले चौथो फिल्मका लागि पारिवारिक कथा छानेका छन् । उनको लेखन÷ निर्देशन रहेको ‘महापुरुष’ ट्रेलरले अधवैंशेको प्रेम र विवाहलाई विषय बनाएको छ ।

एकल पिताको रुपमा दुई छोरा हुर्काइरहेका हरिवंश आचार्यको जीवनमा गौरी मल्लको प्रवेशपछि उनीहरूको जीवनमा आउने आँधीबेहरी फिल्मको कथा हो । छोराको बिहे गर्न तम्सिनु पर्ने समयमा बाबु आफैँ बिहे गर्न कस्सिएपछि पात्रहरूको जीवनमा आउने हलचललाई तीन मिनेट लामो ट्रेलरले अभिव्यक्त गरेको छ ।

ट्रेलरमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, सिरु विष्ट आदि कलाकार अटाएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । भट्टराईले यसअघि ‘जात्रा’का दुई भाग र ‘शत्रु गते’ निर्देशन गरेका थिए जुन पूर्णतया कमेडी श्रेणीमा बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार