बाँपीझ्याला, काठमाण्डौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीबीच आगामी मंसिर १२ गते लगनगाँठो कसिने भएको छ । दुबैजना यतिबेला विवाह तयारीमा जुटेका छन् । अनलाइनखबरसँग कुरा गर्दै सलोनले सो मितिमा विवाह गर्ने तयारीमा जुटेको बताए । ‘अहिलेसम्मको कन्फर्म डेट त्यही हो । सोहीअनुसार विवाह गर्दैछौं’ उनले भने ।
दुबैतर्फको पारिवारिक सहमतिमा विवाहको मिति टुंगो लागेको हो । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चारवर्षदेखि रिलेसनसिपमा छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।
परम्परा अनुसार विवाह गर्ने सलोनको योजना छ । कामको कुरा गर्दा सलोनले अभिनय गर्ने फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको तयारीमा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij