बाँपीझ्याला, काठमाण्डौं । मणिरत्नम्को निर्देशन रहेको फिल्म ‘पोन्नियन सेल्भन’को पहिलो भागले तीन दिनमा मात्र विश्वभरबाट दुई सय करोड कमाएको छ । पहिलो दिन ८० करोड कमाइ गरेको फिल्मले मिश्रित प्रतिक्रियाका बावजुद अकल्पनीय कमाइ गरेको हो ।
तीन दिनको कमाइसँगै यो फिल्म तमिल फिल्म उद्योगको इतिहासमा सर्वाधिक कमाउने फिल्मको सूचीमा अगाडि रहेको विश्लेषण गरिएको छ । किनकि यो फिल्मले तीन दिनमै अजितको ‘भलिमाई’को कुल बक्स अफिस कमाइलाई उछिनेको छ भने विजयको ‘बिस्ट’लाई पनि चौथो दिन उछिन्ने छ । दुवैले क्रमश: १ सय ६८ करोड र २ सय १८ करोड कमाइ गरेका थिए ।
सन् २०२२ मा यी दुईलाई पनि उछिनेर कमल हासनको ‘विक्रम’ सर्वाधिक कमाउने फिल्मको सूचीमा सामेल थियो । यो फिल्मले विश्वभरबाट ४ सय करोड कमाइ गरेको आँकडा छ ।
‘पोन्नियन सेल्भन’को कमाइ यही गतिमा रहे यो फिल्मले हप्ता दिनमै ‘विक्रम’को रेकर्ड भेट्ने अनुमान छ । किनकि यो फिल्मले अझै एक दिन दसेराको बिदामा दर्शकको साथ पाउन सक्नेछ । मणिरत्नम्ले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा चर्चा गर्दै गरेको फिल्ममा विक्रम, कार्थी, जयम रभी, ऐश्वर्या राय, तृषा कृष्नन् आदि कलाकारको अभिनय रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij