बाँपीझ्याला, काठमाण्डौं । १३ वर्षपछि जेम्स क्यामरुन निर्देशित हलिउड साइन्स-फिक्सन फिल्म ‘अवतार’ नेपाली हलमा पुनः प्रदर्शनमा आएको छ । सीमित पर्दामा रिलिज भएको फिल्मलाई पलिोपटक हेर्ने र दोहोर्याएर हेर्ने दर्शक छन् ।
रि-मास्टरिङसहित फोरके रिजोलुसनमा रिलिज भएको फिल्म दशकपछि हेर्दा पनि उत्तिकै जीवन्त र शक्तिशाली लाग्छ । फिल्मको दोस्रो श्रृंखला पुस १ गते प्रदर्शन तयारीमा छ । दर्शकलाई दोस्रो भाग देखाउनुअघि डिज्नेले पहिलो भागको रि-रिलिज गरेको हो ।
नेपाल वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले दुई दिनमा २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । एप्पलकी कविता महर्जनका अनुसार दुई दिनको यो कमाइ अपेक्षाकृत चाहिं होइन । सीमित हलमा रिलिज भएको फिल्मलाई सीमित समयका लागि मात्र हेर्न पाइनेछ ।
‘अवतार’को पुनः प्रदर्शनबाट फिल्मले पहिलो सप्ताहन्त अन्तर्राष्ट्रिय बजारमा २५ मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ । शुक्रबार १३ विदेशी बजारमा ७.७ मिलियन डलर कमाइ भएको छ ।
भारतमा भएको पुनः प्रदर्शनमा फिल्मले शुक्रबार १.७५ करोड भारु कमाएको छ । अवतार : द वे अफ वाटर पुस १ गते प्रदर्शनको तयारीमा छ । यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij