बाँपीझ्याला, काठमाडौं । तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछि अल्लु अर्जुन पूरै भारतमा चर्चित बने । उनको स्टारडमदेखि पारिश्रमिकसम्म वृद्धि भयो ।
सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ । ‘पुष्पा : द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन् । कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अल्लु अर्जुनले लिएको यो पारिश्रमिक बलिउड स्टार सलमान खान र अक्षयकुमारले लिने बराबर हो ।
अल्लु अर्जुनका साथै रश्मिका मन्दानाको मुख्य भूमिका रहने ‘पुष्पा-२’ आगामी वर्ष रिलिज हुने जनाइएको छ । अल्लु अर्जुन सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’मा समेत देखिंदैछन् । यो फिल्म आगामी डिसेम्बर ३० मा रिलिज हुँदैछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij