Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

चलचित्र 'प्रेम गीत -३' अष्ट्रेलियाको सुबिधा सम्पन्न सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने

चलचित्र 'प्रेम गीत -३' अष्ट्रेलियाको सुबिधा सम्पन्न सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने

बाँपीझ्याला, काठमाडौं । चलचित्र प्रेम गीत -३ अष्ट्रेलियाको सुबिधा सम्पन्न सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने भएको छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा अष्ट्रेलियाभरि प्रदर्शनमा आउने छ । अष्ट्रेलियामा प्रदर्शन अधिकार लिएका देव कार्कीले फिल्मलाई नियमित रुपमा हलमा चलाउने तयारी भइरहेको जानकारी गराएका छन् । ‘ हामी यो चलचित्रलाई नेपाल, भारत र अन्य देशहरूसंगै एक साथ अष्ट्रेलियाका हरेक सहरमा नियमित रूपमा प्रदर्शन गर्दै छौं । जसरी यहाँ हलिउड र बलिउडका चलचित्रहरूले हलमा नियमित स्क्रीन पाउंछन ।

अब प्रेम गीत -३ ले पनि त्यही उपस्थिति जनाउने छ-‘ यो चलचित्रको अष्ट्रेलियाको लागि नेपाली र हिन्दी भाषाको प्रदर्शन अधिकार किनेका नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्मस्का सिड्नी निवासी देव कार्कीले जानकारी दिए । सेप्टेम्बर २३ का दिन चलचित्र 'प्रेम गीत -३' अष्ट्रेलियामा नियमित स्क्रीन पाउने भएपछि यहाँ रहेका नेपाली चलचित्र प्रेमी दर्शकहरूमा नौलो उत्साह थपिएको छ ।

यस अघि पनि डेढ दर्जन नेपाली चलचित्रहरु अष्ट्रेलिया भित्राएर नेपाली सिनेमाको बजार बिस्तार गरिरहेका देवले प्रेम गीत -३ को नेपाली र हिन्दी भाषाको अष्ट्रेलिया प्रदर्शन अधिकार यो चलचित्रको प्रदर्शनको बिश्व अधिकार किनेका भारतका चर्चित सिनेमा वितरक सस्था मधु इन्टरटेनमेन्ट एण्ड मिडियासंग खरिद गरेका हुन -‘ अष्ट्रेलियामा धेरै सिनेमा देखाइयो तर, प्रेम गीत -३ मार्फत यहाँ हामी नयां इतिहास लेख्ने तयारीमा छौं । हाम्रो यो सोच र उद्देश्यमा यहाँ रहनु हुने नेपालीहरूले पनि साथ दिनु हुने छ भन्ने बिश्वास हामीमा छ -‘ कार्कीले भने ।

उनले नेपालीहरूले त नेपाली चलचित्रलाई माया गरिनै रहनु भएको कुरा बताए भने अष्ट्रेलियामा अत्याधिक रूपमा रहेका भारतीय नागरिकहरुको संख्यालाई ध्यानमा राखेर नेपाली चलचित्र पनि यतिसम्म बन्छ भनेर देखाउंनु पनि आफ्नो उद्देश्य भएका कारणले नेपाली भाषासंगै हिन्दी भाषामा पनि हलमा नियमित शो गर्न लागेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार