बाँपीझ्याला, काठमाडौं । ‘मुनामदन’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिंगेदाउ’ले बक्सअफिसमा सुखद ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । फिल्म हेरेकाले यसलाई ‘अर्गानिक’ भन्दै प्रशंसा गरेका छन् ।
सहर केन्द्रित मल्टिप्लेक्सले शोज संख्यामा केही वृद्धि गरेका छन् । बुधबार बेलुका यसलाई वरिष्ठ निर्देशक नीर शाह, तुलसी घिमिरे, अभिनेताहरु राजेश हमाल, सरोज खनाल, कृष्ण मल्ल, शिव श्रेष्ठले पनि हेरे ।
हमालले फिल्म हेरिरहँदा आफूले दिवंगत आमा रेणु हमाललाई स्मरण गरेको बताए । ‘मैले आमालाई भयंकर मिस गरेँ’ उनले भने, ‘चाहे हाम्री आमा अहिले हुनुहुन्छ या हुनुहुन्न । जरुरी छैन कि आमा हामीबाट छुट्टिएर बस्नुभएको छ । आमासँगै भएपनि यसले हाम्रो कर्तव्यलाई कता-कता झक्झक्याउँछ ।’
यो फिल्म नयाँपुस्ताका दर्शकका लागि सान्दर्भिक रहेको हमालले बताए । ‘आधुनिक भागदौडमा हामीले आमाबुवाप्रतिको परम्परागत जिम्मेवारीलाई भुलिरहेका छौं’ उनले भने । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि फिल्म हेरेपछि अघिल्लो समयको समाज बुझ्न फिल्म हेर्नु जरुरी रहेको बताए । ‘धेरै वृद्धवृद्धा किन आश्रममा जानुपरेको छ भन्ने कारण यसले देखाउँछ’ भन्छन्, ‘जेठो पुस्ताले मात्र हैन, युवापुस्ताले पनि हेर्नुपर्छ । समाज बुझ्न पनि मद्दत पुग्छ ।’ आफ्ना छोराछोरीलाई फिल्म यो फिल्म हेर्न प्रेरित गर्ने उनले बताए ।
निर्देशक शाहले त फिल्मलाई जैविक (अर्गानिक) भएको बताए । ‘कैंयन वर्षपछि तपाईंले फिल्ममा नौलो कुरा देखेको अनुभूति गर्नुहुन्छ । धेरै समयपछि फिल्ममा आफ्नोपन महसुुस गर्नुहुन्छ’ शाह भन्छन्, ‘सहरबाट टाढा रहेर ग्रामिण वातावरणमा रहेर मानवीय संवेदनाको गहिराइमा फिल्म बनेको छ ।’
प्रदीप भारद्धाजको पटकथा रहेको फिल्मको विहिबारे अकुपेन्सी पनि सुखद देखिएको छ । फिल्मले दोस्रो सातामा आफूलाई कसरी अघि बढाउँछ, यो परिस्थिती शुक्रबार रिलिज हुने बलिउड फिल्म ब्रम्हास्त्र, नेपालका ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’मा निर्भर हुनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij