बाँपीझ्याला, काठमाडौं । शुक्रबार हलमा दुई नेपाली फिल्म रिलिज भएका छन् । मल्टिस्टारर फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन् । ‘स्पाइडरम्यान : नो वे होम’को पुनःप्रदर्शन रोकिएको छ ।
ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ भीमनीधि तिवारीको कथामा आधारित छ । यो सोसल ड्रामा फिल्मले पारिवारिक किचलोको कथा भन्छ । बाहिरियाले आँखा लगाउँदा कसरी परिवार भत्कन्छ भन्ने सन्देश यस फिल्ममा छ ।
मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्माको प्रमुख भूमिका रहेको फिल्मको गीत यसअघि नै हिट भैसकेको छ । महालक्ष्मी लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा आधारित फिल्म बनाइसकेका देउजाको यो अर्को कृतिमा आधारित फिल्म हो ।
सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई लभस्टोरी रुचाउने दर्शकले मनपार्न सक्छन् । बेलायतमा छायांकन गरिएकाले पनि दर्शकका लागि लोकेसन रुचिकर हुनसक्छ ।
प्रदीप खड्का स्टारर फिल्म प्रकाश आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वर्ड अफ माउथ बलियो भएकाले फिल्मले दोस्रो सातापनि राम्रो कमाइ गर्ने अपेक्षा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij