बाँपीझ्याला, काठमाडौं । अगामी २१ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’ को पहिलो गीत ‘झलल आयो तिम्रो याद’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री उपासनासिंह ठकुरी बीचको प्रेमकथा देख्न सकिन्छ ।
भिडियोमा सौगात र दयाहाङ राईबीचको मित्रतालाई पनि देखाइएको छ । सौगातले उपासनासँग विताएका प्रेमिल क्षणका दृश्यहरु भिडियोमा बढी समावेश छन् । गीतमा सौगात र उपासनाको केमेस्ट्री सुहाएको देखिन्छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ भने किरण नेपाली प्रस्तुतकर्ता हुन् । किरणले यसअघि फिल्म ‘पोइ पर्यो काले’ को निर्माण गरेका थिए ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत छ । यो फिल्मबाट भुटानकी चर्चित अभिनेत्री उगेन छोदेनले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij