बाँपीझ्याला, काठमाडौं । आगामी असोज १४ गते धीरज मगर र अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’ प्रदर्शनको तयारीमा छ । तर फिल्म रिलिजअघि नै यी दुईले नयाँ फिल्ममा पनि सहकार्य गर्ने खबर छ ।
अदितीकी आमा तथा निर्मात्री पुष्पलताले यी दुई कलाकारलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । ‘बाबरी’को ट्रेलर र गीत रिलिज भएपछि धीरज र अदितीको जोडीलाई रुचाइएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’मा धीरज मगर र तृप्ति नाड्करका छोरा धीरज नाड्करको समेत अभिनय छ ।
निर्देशक तय भइसके पनि अहिले यसबारे खुलाइएको छैन । फागुनदेखि छायांकन सुरु हुने फिल्मबारे अन्य कलाकार तय भइसकेका छैनन् । अदितीको होम प्रोडक्सन फिल्म बाबरीका दुई गीत ‘चुलबुल चुलबुल’ र ‘बाबरी रंग’ युट्युबमा रुचाइएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij