Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

‘बुलाकी’को प्रदर्शन अब फागुन १९ मा

‘बुलाकी’को प्रदर्शन अब फागुन १९ मा

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’को प्रदर्शन मिति सरेको छ। निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ मिति घोषणा गरेको हो। यसअघि कात्तिक १८ मा रिलिज हुने भनिएको फिल्म अब फागुन १९ मा रिलिज हुनेछ।

पोस्टरमा फुटेको ऐना हेर्दै गरेकी अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ। कर्णालीको जनजीवन र रीतिथिति समेटिएको फिल्ममा उनी मुख्य भूमिकामा छिन्।

अभिनेत्रीले सामाजिक सञ्जालमा फिल्मको नयाँ पोस्टर सेयर गरेकी छन्। ‘कर्णालीका कथाहरू माझ एउटा कथा ‘बुलाकी’ हो,’ फेसबुकमा सुरक्षाले लेखेकी छन्, ‘सायद पश्चिम हिमाली भेगको हावाले समस्त सिनेमा क्षेत्रलाई छोएको छ।’

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षाबाहेक नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार