हरि श्रेष्ठ, दोलखा
९, असोज, २०७७, बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा न.ं २ दोलखा स्थित त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको समाचार प्राप्त भएको छ । आज विहान पुजारी नित्य पूजाको लागि मन्दिर जादा ढोकाहरु सवै फोरिएको र मन्दिर भित्र रहेको गरगहणाहरु र पैसा राखेको बाकस बाहिर ल्याएर फुटाएको अवस्था रहेको पाइएको छ ।
के कति चोरी भई क्षती भएको छ भन्ने विस्तृत विवरणको लागि मुचुल्का उठाउनको लागि सुरक्षा निकायलाई खवर गरिएको वडाध्यक्ष विराजमान श्रेष्ठज्युले जानकारी दिनु भयो । स्मरण छ २०४१ सालको दशैको कोगाग्रत पुर्णीमाको रातमा बटुक भैरवको मुर्ति चोरी भएको थियो । यस पछि यस मन्दिरमा पटक पटक चोरी भएको भनाई वडाध्यक्ष श्रेष्ठको रहेकेो छ ।
अन्दाजी करिव मध्यरात २ः३० को समय तिर चोरि भएको अनुमान गरिएको छ । चोरी गर्नेले पहिलो अस्थाई टहरा भित्र रहेको चन्दा बाकस मन्दिर भित्रै भएको हतियार चिम्टा, खुकुरी, बन्चरोको प्रयोग गरी फुटाउन खोजेको र नसकेपछी उक्त चन्दा बाकस ढोकाबाट बाहिर ल्याई राखेको अवस्था भेटाईएको छ ।
उक्त टहरा भित्र १ थान मझेत्रो र १ जोर मोजा समेत छोडिएको अवस्थामा भेटाईएको छ । सायद टहरामा केही नभेटे पछी उक्त टहरालाई छोडेर मन्दिरबाट अन्दाजी भक्तजनहरुबाट दान चन्दा बाट प्राप्त २० हजार जती रकम चोरी भएको अनुमान गरिएको छ । यही रातमै माथिल्लो टोलको केही पसलहरु पनी फोडी नगद झिकेर लगेको स्थानिय पिडित साहुहरुको भनाई रहेको छ ।
उक्त छानविको लागि जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरी निरीक्षकज्यूको नेतृत्वमा आएको टोलीले निज चोरहरुले प्रयोग भएका हतियारहरु सहित मुचुल्का उठाई जिल्ला प्रहरी कार्यालय चरिकोटमा लगिएको छ । यस सम्वन्धमा पुजारी मोहन कृष्ण श्रेष्ठज्यु संग सोधपुछ गर्दा पैसा हराएको तर जिन्सी केही नहराएको जानकारी दिनु भयो ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij