Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

नव वर्ष विशेष ...

नव वर्ष विशेष ...

नयाँवर्ष २०७९ सालको अवसरमा सम्पूर्ण भीमेश्वर नगरवासी, दोलखा जिल्लावासी, नेपाली दाजुभाई, दिदीबहीनी तथा शुभचिन्तक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना !

वर्ष फेरिन्छ । नयाँ अंक थपिन्छ हिसाबको गणनामा वृद्धि हुन्छ । हरेक दृष्टिकोणले हिसाब गर्नेहरूको आयूदर कम हुँदैजान्छ, यो श्रृष्टिको शाश्वत नियम हो । र अर्को हिसाबले प्रकृतिको देन हो । जीवित छउञ्जेल हो मान्छेमा पीडाको महशुस हुनु । अभावको प्रत्याभूति हुनु, सन्तोषको अनुभूति हुनु आदि ईत्यादि कुराहरूको आभास त्यही तीन छटाक मुटुकोडल्लो भित्रको रगतका फाल्सा चलुञ्जेल हो । यो आभासको आधार त्यत्तिनै बेला हो जतिबेला सम्म मान्छे नामको प्राणीमा चल्ने ढुकढुकी होउञ्जेल मात्र हो ।

हामीले यिनै यावत कुरालाई मनमा राखेर बाँचुञ्जेल आफ्नो मातृभूमि दोलखालाई धनले सिंगार्न नसके पनि आफ्नो क्षमतालाई उजागर गरेर दोलखाको आँगन र परिवेशलाई शब्दको अलंकार भरेर भएपनि माया दिने चेष्टा गरेका छौँ । सिधै बाटो पहिल्याएर हिँड्न खोज्दा पनि कहिलेकाँही शब्द पाइलाको तालमेल नमिलेर लडियो होला, यसरी हिँड्दा कसैसंग ठोकियो होला यसप्रति बाँपिझ्याला मिडिया परिवार क्षमायाचना गर्दछौँ ।

हामीले नेपाल सम्वत् ११२० चौलाथ्व (विक्रम सम्वत् २०५६ साल) मा यस मिडियालाई कागजको टूक्राको स्वरुपमा पैदा गरेर आम दोलखालीको हात हातमा पु¥्याएर तीतामीठा कुरा पस्किने झिनो प्रयास गरेका थियौँ तर समयको उथलपुथल र मानवीय जनशक्ति अनि आयश्रोतको कारणले पाइला रोक्न बाध्य भएका थियौँ । सायद कसै कसैलाई त्यतिबेला तिक्तता लागेको पनि होला । तर जति कुरा मुखले बोल्न सहज हुन्छ, त्यत्ति कुरा काम गर्नेलाई मात्र थाहा हुन्छ, अहिले हामी नयाँ प्रविधि डिजिटलको दुनियाँमा पुगेका छौँ ।

यो समयको दौरानमा अहिले कागजको पाना बोकेर घरघरमा पुग्ने अवस्था छैन त्यसैले हामीले पनि नयाँ युग र नयाँ प्रविधिकै सिको गर्दै अनलाइनमा पाइला हाल्दै सेकेण्डभरमै संसारभरिका मानवहरूले देख्ने र पढ्न सक्ने हिसाबले यो बाँपिझ्यालालाई तपाईहरूकै हातको मोबाइलमा तुरून्तै हेरेर पढ्न हुनेगरि अगाडि बढिरहेका छौँ ।

अतीतमा के भयो ? बाँपिफ्यालाले के गर्यो ? आफ्नो मातृभूमि र मातृभाषाको लागि के योगदान दियो भनेर दोबाटो, गल्ली र चिया चौतारीमा बसेर अदृश्य र अपरिपक्व कुरा गरेर पिठिउँ पछाडिबाट वचनवाण छाड्नुभन्दा बाँपिझ्यालाका हरेक दिन सम्प्रेषण भएका विभिन्न विधाहरूलाई हेर्ने सकारात्मक नजर लगाउनु भएमा हामीलाई ठूलो र धेरै प्रात्साहन मिल्ने थियो कि भन्ने हाम्रो चाहना र धारणा छ । हामीमा त्यस्तो सशक्त क्षमता छैन न कि हामीसंग यथेष्ट आर्थिक शक्ति नै छ, जे जस्तो गरिरहेका छौँ त्यो तपाईँहरूकै साथ सहयोगको परिणाम हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार