केवल घण्टा बज्थ्यो टङ्रङ् टङ्रङ गरेर भीमेश्वर मन्दिरमा । अब दोलखा घन्किनेछ शंख र ढ्याब्रे संगै, अब शंखनाद हुनेछ “ॐ मणे पद्मे हुँ, ॐ मणे पद्मे हुँ“ को कर्ताल ध्वनिले, अब पलाचुटी टोल सिङ्गारिनेछ पंच रंगीचंगि तोरणहरुले, अब ती पंचरंगहरूले दोलखामा शान्ति, सहअस्तित्व, सत्कर्म, निष्ठालाई अझ प्रचुरता दिलाउनेछ ।
साँच्चिकै हामी बुद्धका अनुयायी हौं भनेर, वर्षको एकपटक पञ्चदानको पर्व मानेर सामान्य औपचारिकतामा बुद्धको स्मरण गर्ने मनहरुले अब पूर्णरूपमा औपचारिक त्रिपिटक ग्रन्थको आभास पाउनेछन् दोलखावासीहरुले । भलै कसैकसैको मनमा तीक्तताले डेरा जमाउला, तथापि हामी विशुद्ध बुद्ध धर्मबाट अलग थियौं भन्ने कौतुहलपूर्ण जिज्ञासा मेटिनेछ भोली २०७८ सालको असोज २२ गते आश्विन शुक्ल द्वितियाको दिन देखि ।

हो यही दिन दोलखाको अभयपुर नगरको पलाचुटी टोलमा पद्मवर्ण बुद्ध महाविहार स्थलको सृजना गरेर शाक्यमुनि बुद्धको प्रतिमा प्रतिस्थापन हुँदैछ । यस महान कार्यको लागि अन्तर्हृदयदेखि त्याग गरेर आफ्नो जग्गाको स्वामित्वलाई बुद्धको दर्शनमार्गमा समर्पण गर्नुहुने बुद्धिजीवी महादानी महाचित्तका धनी हुनुहुन्छ बुद्धप्रेमी डाक्टर सुनिल मास्केज्यू ।
ललितपुरका बुद्धत्व ज्ञानबाट अभिप्रेरित बौद्धिक महायान भिक्षुहरुको सकारात्मक सोच र सहयोगमा यस्तो पूण्य कार्य हुनगैरहेकोमा सम्पूर्ण दोलखावासीले गर्वका साथ अनुनय गरेर आत्मसात् गर्नुपर्नेछ । अब यहाँ महाविहार बन्दैछ, बिस्तारै यसको आधिपत्य बढेर कतै आफ्नो जग्गाजमिनमा असर पर्ने पो हुन् कि भन्ने संकुचित मानसिकतालाई त्यागेर यस्तो शुभकार्यको लागि अझै केही साथ सहयोग दिन जरुरी छ भन्ने कारुणिक भावना जगाउने समय आएको छ ।
ईशापूर्व २५२६औं पहिलेदेखि बुद्धको सहअस्तित्व संग लाग्ने असंख्य अनुयायीहरु लोभ, लालचमा होमिएर बुद्धको पछि लागेका होइनन्, हुनसक्छ त्यसमध्ये कुनैकुनैमा भ्रमको खेती गर्ने वेविचार भावहरू, तर उनीहरूले कालान्तरमा पश्चाताप गरेर पूनः बुद्ध्कै शरणमा लीन हुनेहरुको् थुप्रै उदाहरण हामीले सुनी आएका छौं । त्यसैले सत्य सँधै सत्य नै हुन्छ भन्ने कथनलाई भित्री मनैदेखि स्वीकार्न सक्नुपर्छ ।
आजको दिनमा ऐतिहासिक प्राचिन शहर दोलखाको आँगनमा शाक्यमुनि गौतम बुद्धको प्रतिमा प्रतिस्थापन गरिए पछि पक्कै पनि दोलखाली धरातलले शान्तिपूर्ण रूपमा शीतलताको आभास पाउनेछ भन्नेमा हामी विश्वस्त बनौं । यस् महानकार्यमा लाग्नुहुने ललितपुरका शाक्य खलक, जग्गादाता मास्के खलक र अन्य सबै शुभचिन्तकहरुमा अन्तर हृदयेशः नमन गर्दै सम्पूर्ण दोलखाबासीलाई बधाई दिंदै यो शुभकार्य सफलता पुर्वक सम्पन्न होस् भनेर शुभकामना व्यक्त गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij