Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

नेपाल टेलिकमलाई फाइभजी सेवा तत्काल परीक्षण थाल्न मन्त्री कार्कीको निर्देशन

नेपाल टेलिकमलाई फाइभजी सेवा तत्काल परीक्षण थाल्न मन्त्री कार्कीको निर्देशन

बाँपीझ्याला, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्विकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन्।

कम्पनीको १८ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाइ नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराए।

मन्त्री कार्कीले भने, “फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु।

त्यसैगरी नेपाल दूर सञ्चार प्राधिकरणबाट फाईभजीको सेवा परीक्षणका निम्ति स्विकृति प्राप्त भईसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु। देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैंत्री सेवा पुर्‍याउनेनै छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार