बाँपीझ्याला, काठमाण्डौं । संस्कृती र मौलिक परम्पराको धनी नेवार जातीको यःमरी पूर्णिमा पर्व हर्षोउत्लासका साथ मनाएका छन् । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार यो योमरी पुन्ही, ठिला पुनीस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । तर नेपालभाषी समुदायमा यस दिन यःमरी पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण रहेको छ ।
यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ । यसै गरी दोलखा नेवारी भाषामा ठिला पुनिस भनीन्छ भने योमरीलाई देउचमारी भनीन्छ । यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको यःमरी देउचमारी खाने भएकोले योमरी पुन्ही – ठिला पुनीसको नामको पर्वले बढी चर्चित छ ।

देशभरका नेपाल जातीले यो यःमरी , देउचमारी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा यःमरी खान्छन् । पुन्ही एकदिन हुन्छ तर यःमरी पुन्ही एकदिनमात्र मनाइँदैन । यःमरी पुन्हीको दिन यदी अर्थात भोलिपल्ट आफ्ना नातागोता, छोरी, छोरीज्वाइँ, भाञ्जाभाञ्जीलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने चलन रहेको छ ।

अरु पुन्हीमा विशेष प्रकारको भोज खुवाउने गरिँदैन। त्यसैले यस पुन्ही नेवारी जातीमा अत्यन्त महत्वपूर्ण मानिन्छ र ठूलो पुन्हीको रुपमा लिइन्छ । यसै गरी योमरी पुन्ही ठिला पुनीसको दिन नेवार जातीका महर्जन, प्रजापति, सिंह, सुवाल लगायतले राष्ट्रिय ज्यापु दिवस मनाउने गरेको पाईन्छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij