२० कात्तिक, बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफ्नो कान्छा भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीको माला लगाइ कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार पनि दिइन् ।
त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गरेकी थिइन् । त्यसैगरी उनले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाइ दुबो, मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिइन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij