बाँपीझ्याला, काठमाण्डौं । समाजसेवी, महिला उद्यमी नव गायीका सकुना श्रेष्ठको पहिलो गायन रहेको तिज गित “माईतीको आँगन” यही साउन २४ गते भर्चुअल माध्यमबाट आफ्नै निवास धोवीघाट ललितपुरबाट सकुना श्रेष्ठ आफैले सार्वजनिक गर्नु भएको हो । यसरी सार्वजनिक गरिएको गित “माईतीको आँगन” सार्वजनिक गरिएकोमा समकालिन एकता समाज नेपालको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
नेपाली महिला दिदी बहीनीहरुको यर्थात जिवनमा घटेका घटनालाई उर्जाघर गर्दै सामाजिक सन्देश दिने कथामा आधारीत यस माईतीको आँगनमा भन्ने गितले दोलखाली चेलीबेटी दिदीबहिनीहरुलाई मात्र नभएर सिङ्गो नेपाली चेलिबेटी महिला दिदी बहीनीहरुको लागि सचेतना जगाउने र अनि सामाजिक प्रतिनिधित्व गर्ने कथालाई समेटेको गित सार्वजनिक गर्न सफल भएकोमा यस समकालिन एकता समाज नेपालका अध्यक्ष एवं समाजसेवी, महिला उद्यमशिल सकुना श्रेष्ठ प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं भनी संस्थाका महासचिव सुनी प्रधानले बताउनु भयो ।

यसै गरी संस्थाको अध्यक्ष अगाडी बढेर सामाजिक सूचना प्रवाह र सन्देशमुलक क्रियाकलापको लागि गरिने सधै सन्देशमुलक कार्यको कदर गर्दै दोलखा र काठमाण्डौं उपत्यकामा रहनु हुने दोलखाली चेलीबेटी, शुभचिन्तक नेपाली दाजुभाई, दिदीबहीनीहरुको लागी सन्देशको रुपमा गरिने हरेक क्रियाकलाप, कार्यक्रमहरुमा समकालिन एकता समाज नेपाल र यस संस्थामा आवद्ध पदाधिकारी र सदस्यहरुले सधै सहयोग गर्न तत्पर रहेको महासचिव प्रधानले बताउनु भयो ।
यस सफल र कुसल अभियानमा सम्पूर्ण दोलखा प्रति माया, सद्भाव राख्नु हुने दाजुभाई, दिदीबहीनीहरुलाई सहयोग गर्नु हुन समेत आग्रह र अनुरोध गरिएको बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij