Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

घरकी लक्ष्मीको जन्मदिनको अवसरमा दिवा भोजन

घरकी लक्ष्मीको जन्मदिनको अवसरमा दिवा भोजन

२८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । द्वाल्खा म्यासमुचा खलकका सल्लाहकार एवं समाजसेवी सकुना श्रेष्ठले आफ्नो नातीनी जेष्ठ सुपुत्र कुशल श्रेष्ठ तथा बुहारी रुमी श्रेष्ठकी आयुष्मती सुपुत्री रेने श्रेष्ठको आज परेको छैठौ शुभ जन्म दिनको अवसरमा दिवा भोजनको आयोजना गर्नु भएको छ ।
यस संकटपूर्ण घडीमा रिमा सेवा समाजमा रहनु भएका वृद्ध बुबा आमाहरु र बालबच्चाहरु समेत गरेर ४० जनालाई दिवा भोजनको व्यवस्था गरिएको हो ।

यस कार्यले अहिले कोभिड १९ को दोश्रो संक्रमणबाट नेपाली जनतालाई बचाउनको लागि सरकारले यही बैशाख १६ गतेबाट निषेधाज्ञा गरेको कारणले दैनिक काम नहुने र आम्दानी गर्न नसक्ने असाह्य दिन दुःखीहरुको लागि समेत सहयोग पुग्न गई केही सहज भएको छ भनी संस्था अध्यक्ष रिमा सापकोटाले बताउनु भयो ।

यस पुन्य कार्यमा सहयोग गर्नु हुने सहयोगी हातका धनी समाजसेवी सकुना श्रेष्ठ वहाँकी जेष्ठ सुपुत्र कुशल श्रेष्ठ र बुहारी रुमी श्रेष्ठलाई संस्थाको अध्यक्ष रिमा सापकोटा र संस्थामा रहेका बालबच्चा देखि बृद्ध आमाबुबाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिनु भएको छ भनी म्यासमुचा खलकका अध्यक्ष कलावती श्रेष्ठले बताउनु भयो ।

साथै जन्मदिन परेको समाजसेवी श्रेष्ठकी नातीनी रेने श्रेष्ठलाई संस्थाको तर्फबाट शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनी यसै गरी संस्थामा रहेका दिनदुःखी बालबच्चा र बृद्धहरुको लागि सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

यस कार्यमा सहयोग गर्न सहयोगी हातहरुलाई जुराई दिने द्वाल्खा म्यासमुचा खलक र उक्त संस्थाका अध्यक्ष कलावती श्रेष्ठ लगायत अन्य सहयोगी सदस्यहरुलाई रिमा साईराम संस्थाको तर्फबाट विशेष धन्यवाद दिईएको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार