२१ चैत्र, बाँपीझ्याला । कोरोना संक्रमणको जोखिमका बाबजुद पनि भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको रथ निर्माणको काम जारी राखिएको छ । तौमढीस्थित पाँच तले मन्दिर अगाडि भैरवको रथ निर्माणको काम जारी छ । परम्परागत शैलीमा निर्मित प्यागोडा शैलीको तीनतले अग्लो रथलाई सयौं व्यक्तिहरुले तान्नु बिस्केट जात्राको मुख्य आकर्षण र विशेषता रहेको छ ।
आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदैछ । गत वर्ष कोरोना संक्रमणको जोखिमका कारण बिस्केट जात्रा मनाइएको थिएन ।
यस वर्ष समेत कोरोना संक्रमणको जोखिम कायमै रहे पनि सुरक्षित र मर्यादित ढंगले बिस्केट जात्रा मनाएर परम्परालाई निरन्तरता दिने तयारी गरिरहेको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बताउनु भयो ।
बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij