Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

ऐतिहासिक शहर दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रा यसपाली बैशाख ३ गतेदेखि शुरु, ८ गते ६० डिग्रीको उकालोमा तान्ने विशेष दिन

ऐतिहासिक शहर दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रा यसपाली बैशाख ३ गतेदेखि शुरु, ८ गते ६० डिग्रीको उकालोमा तान्ने विशेष दिन

दोलखा जाऔं, मच्छिन्द्रनाथको रथजात्रामा सहभागी बनौं: विराजमान श्रेष्ठ, वडाध्यक्ष, भी.न.पा.२ नं. वडा कार्यालय

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
सहकालको देवताको नामले ऐतिहासिक शहर दोलखाको साक्षात प्रख्यात रातो मच्छिन्द्रनाथको जात्रा यसपाली बैशाख ३ गतेदेखि शुरु हुर्दैछ । यसरी बैशाख ३ गते दुधमा स्नान, ४ गते भीमेश्वर नगरपालीका वडा नं. २ ड्वाकुलुङाबाट वडा नं.२ स्थित पिङ्गल टोलमा रथमा हाल्ने, ५ गते पिङ्गल टोलबाट नक्छे टोलमा तान्ने, ६ गते नक्छे टोलबाट श्यामसुन्दर टोलमा तान्ने, ७ गते श्यामसुन्दर टोलबाट टँसिचा टोलमा तान्ने, ८ गते टँसिचाटोलबाट रास्नीको ६० डिग्रीको उकालो हुर्दै माथिल्लो टोलमा तान्ने, यसदिनलाई विशेष दिनको रुपमा लिने गरेको पाईन्छ । यसै गरी ९ गते माथिल्लो टोलबाट दुङ्गल टोलमा तान्ने, १० गते दुङ्गल टोलबाट पिङ्गल टोलमा तान्ने ११ गते पिङ्गलटोलबाट फेरी डोकलुङ्गा टोलमा रथमा राखी भि¥याउने चलन रहेको छ ।

ऐतिहासिक शहर दोलखाको प्रवेशद्वार

बिगत दुईबर्ष विश्वमा देखा परेको कोविड १९ को संक्रमणको कारणले गर्दा दोलखामा रथजात्रा विधिपूर्वक पूजाआजा मात्र गरी सम्पन्न गरिएको थियो । तर यस बर्ष रथजात्रा सम्पन्न गर्ने तयारीमा रहेको भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भएको छ । जसको लागि होली पछी रथ बनाउन शुरु गर्न लागिएको समेत वहाँले जानकारी दिनु भयो ।

पुनर्निमाण पछिको द्वाल्खा शहरको मध्यभाग

२०५५ सालदेखि दोलखाको स्थानिय संस्था कालिञ्चोक युवा क्लवका अध्यक्ष प्रकाश श्रेष्ठको कार्यकालदेखि निबर्तमान अध्यक्ष गोपाल प्रधान र बर्तमान अध्यक्ष निरेन्द्र मास्के हुर्दै २०७६ सालसम्म क्लवको संयोजन र दोलखावासी, वडाको सहयोगमा जात्रा सम्पन्न गर्दै आएको छ ।

रातो मच्छिन्द्रनाथको मूर्तिलाई दुधले स्नान गरी सकेपछी भोली पल्ट रथमा हाल्न पिङ्गल टोल लैजाने क्रममा, गुभाजु नरेन्द्र तुलाधर, गुठीयार प्रतिनिधी महेश कुमार श्रेष्ठ र स्थानिय वासिन्दाहरु

यसै गरी बिगत दुईबर्ष कोविडको १९ को संक्रमणको कारणले गर्दा जात्राको विधीमात्र गरी रथ तान्ने जात्रा स्थगित गरिएको थियो । यसै गरी यसपाली स्थानिय निकायको तर्फबाट भीमेश्वर नगरपालीका वडा नं.–२, स्थानिय संस्था कालिञ्चोक युवा क्लव र अन्य संघ–संस्थाहरुको सहभागीता, दोलखावासीको सहयोगमा रथजात्रा सम्पन्न गर्ने जानकारी वडाध्यक्ष विराजमान श्रेष्ठ र कालिञ्चोक युवा क्लवका अध्यक्ष निरेन्द्र मास्केले बताउनु भयो ।

भीमेश्वर नगरपालीका –२, नक्छेटोलबाट स्यामसुन्दर टोलमा रथ तान्ने क्रममा स्थानिय वासिन्दाहरु

२०६७ सालमा पाटन ओकुबहालका समाजसेवी एवं जेष्ठ नागरिक पञ्चराज शाक्य, वहाँको छोरा विन्दुराज शाक्यको विशेष संयोजन र पाटनको शाक्य परिवारको सहयोग अनी सहभागीतामा निवर्तमान अध्यक्ष गोपाल प्रधानको कार्यकालमा नयाँ करुणामाई मच्छिन्द्रनाथको मूर्ति प्रतिस्थापना गरिएको छ ।

भीमेश्वर नगरपालीका –२, टँसिचाटोलबाट माथिल्लो टोलमा लान रास्नीको उकालोमा रथ तान्र्दै स्थानिय वासिन्दा र अन्य भक्तजनहरु

साथै यसबेला उक्त परिवारबाट करुणामाई मच्छिन्द्रनाथको नाममा चाँदीको गर गहना, थाल, पानस लगाएत अन्य महत्वपूर्ण सामानहरु चढाएको छ । साथै उक्त बेलादेखि पुरानो करुणामाई रातो मच्छिन्द्रनाथको मूर्ती अगाडी र नयाँ शाक्य परिवारले चढाएको मूर्ति पछाडी राखी रथ तान्ने गर्ने गरिएको छ ।

यसपाली करुणामाई रातो मच्छिन्द्रनाथको रथजात्रा संचालनको लागि कम्तीमा पनी २ लाख बराबरको बजेटको आवश्यकता भएपनी विगत बर्ष कोविडको संक्रमणको कारणले आर्थिक मन्दी भएको कारणले गर्दा पर्याप्त मात्रामा बजेट छुट्याएको छैन । जसको लागि भीमेश्वर नगरपालीको प्रमुख भरत केसी सँग कुरा भईरहेको छ भनी बताउनु भयो ।

मच्छिन्द्रनाथको रथ माथिल्लो टोल पू¥याउने क्रममा, स्थानिय वासिन्दा तथा भक्तजनहरु

बाँकी नपुग रकमको लागि भीमेश्वर नगरपालीकाका नगर प्रमु्ख भरत बहादुर केसी संग कुरा भईरहेकोले उक्त बाँकी बजेट पनी उपलब्ध गराई जात्रा संचालनमा सहयोग हुने कुरामा आशावासी रहेको वडाध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।


काठमाण्डौंमा सेतो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा, ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा र दोलखामा रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा रहेको छ । जात्रा मनाउने चलन एउटै भएपनी तिथी र परम्परा अनुसार यी तिनवटा ऐतिहासिक शहरमा मच्छिन्द्रनाथको रथ तान्ने जात्रा भने फरक फरक समयमा हुने गर्दछ । काठमाण्डौ उपत्यका, ललितपुर उपत्यकामा समथर बाटोमा रथ तानी जात्रा सम्पन्न गर्ने गरिन्छ ।

बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको माझ समाजसेवी सकुना श्रेष्ठ, २०६७ सालको मच्छिन्द्रनाथको रथजात्राको अवसरमा दोलखामा ।

समाजसेवी सकुना श्रेष्ठ दोलखाली चेली मात्र नभएर दोलखाको एउटी लक्ष्मी पनी हुनु हुन्छ । जसको कारणले आज हामी दोलखामा रातो मच्छिन्द्रनाथको रथजात्रा मनाउन पाईरहेका छौं । वि.सं २०३० सालमा पुरानो मच्छिन्द्रनाथको मुर्ति हराए पश्चात करेसाबारीमा भेटाएर स्थानिय पञ्च भलाद्मीलाई बुझाउनु भएको थियो । जतिवेला वहाँ ८ बर्षको कलिलो बालक हुनु हुन्थ्यौ ।

साक्षात करुणामाई रातो मच्छिन्द्रनाथको मुर्तिलाई सुरक्षित राख्न बालक भएपनी त्यतीबेला वहाँले गर्नु भएको सहयोगको कारणले गर्दा आज दोलखाली माझ कुसल समाजसेवी र सफल व्यवसायी बन्न सफल बन्नु भएको छ । यसको श्रेय वहाँले करुणामाई मच्छिन्द्रनाथलाई नै दिनु हुन्छ ।

त्यसैले साक्षात भगवान दोलखा करुणामाई मच्छिन्द्रनाथको दर्शन गरी फल प्राप्त गर्न मच्छिन्द्रनाथको रथजात्रामा सहभागी हुन वहाँको तर्फबाट सम्पूर्ण भक्तजनहरुमा दोलखामा विशेष आमन्त्रणका साथ अनुरोध गर्नु भएको छ ।

तर दोलखामा भने तेस्रो बाङ्गो टिङ्गो र उकालोमा रथ तानी जात्रा मनाउने गरेको पाईन्छ । भौगोलिक रुपमा उपत्यकामा तान्ने रथजात्रा र दोलखामा तान्ने रथजात्रा भिन्न भएको कारणले गर्दा काठमाण्डौं, ललितपुर र भक्तपुर उपत्ययका लगाएत अन्य बाहिरका भक्तजनहरुको सहभागीता विशेष रहेको पाईन्छ ।

भक्तपुरका स्थानिय नेवार वासिन्दा कालिञ्चोक युवा क्लवका दोलखाका महासचिव अनिलचन्द्र श्रेष्ठलाई तिर्खा मेटाउन पानी दिने क्रममा..


यसै गरी यसपाली यही बैशाख ३ गतेदेखि शुरु हुन लागेको दोलखाको करुणामाई रातो मच्छिन्द्रनाथको रथ जात्रा चौला नखतमा सहभागी हुन आउन भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले दोलखावासी दाजुभाई, दिदीबहीनीहरु तथा सम्पूर्ण भक्तजनहरुलाई विशेष आमन्त्रणको साथै उपस्थितीको लागि हार्दिक अनुरोध गर्नु भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार