आज प्रेम दिवश–भ्यालेन्टाईन डे
किन होला हिजो आज बरालिन्छ, मन यो
जति बाँधी राखु भन्छु उति उड्छ मन यो
छायाँ एउटा सँधै डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो भवरामा, कुन्नी के मा म भुले ??
यो फूल र प्रीतको गीतले आजको दिनको मादकता अनि रसिकता वयान गर्दछ, डाली डाली फूलेको फूल अनि भवरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको यो गीत वाट शुरु गर्यौ आजको लेखाई ।

मायामा अडेको यो संसार, अब मायाको सहल विष्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौ तर यति चाँही भन्दछौ कि यो संसार यति मिठो र रसिक छ र किन छ भने मायाको गुरुत्वाकर्षणले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।
लौ है, तपाईले माया गर्नुभएको या तपाईलाई माया गर्ने अनि एकअर्कासित माया छदाछदै पनि जोडिन नसकेका जिवनका धागाहरु लगायत सबैलाई याद गर्न चाह्यौ, माया त मायै हो, कि कसो ?
त्यो पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, सोची सोची पठाएका एसएमएसहरु, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु । मन परेको केटा या केटी सगै हुदा या बोल्दा भएको काउकुती अनि भावनाको त्यो संसार, मायाका कथाहरु याद गर्दै मायाका नयाँ आयामहरुको शुरुवात गर्ने दिन हो आज, भ्यालेन्टाईन डे ।

पश्चिमी सभ्यता का आयातित डे का रुपमा आजको भ्यालेन्टाईन डे लाई आलोचना पनि गरिएको छ, मिती भन्दा पनि माया महत्वपूर्ण हो । मायाको कुरा गरिन्छ अनि मानवताको आत्मसाथ गरिन्छ भने नेपालीहरुलाई दिन विशेष सँग किन समस्या पर्ला र ? मायाको यो दिवस हामीसबैलाई मिठै लाग्छ, कि कसो ?
आज लुकीचोरी धेरैजनाले आफ्ना मायाका भावनाहरु साटासाट गर्नेछन, धेरै प्रेमकथाहरु सफल हुनेछन भने धेरै प्रेमकथाहरु असफल । एउटा विछट्टको तथ्य के छ भने संसारमा स्वर्ण अक्षरले कुँदिएका धेरै प्रेमकथाहरु संयोगान्त भन्दा वियोगान्त छन् । उदहारणकालागी भगवान श्री कृष्ण अनि राधा विचमै पनि विवाह भएको थिएन, हिर र रान्झा देखि रोमियो अनि जुलियट सम्म पनि संयोगान्त कथा भने हैन तर यि प्रेम जोडिलाई आजपनि संसारले आदर र महत्वकासाथ प्रेमील कुरामा नाम लिने गर्दछ ।
ल है मनै त हो, स्वीकारिएपनि या नकारिएपनि आत्तिने अनि मात्तिने नगरौ ।
ईटली देशका सम्राट क्लाउडिअस २ ले विवाह माथी प्रतिबन्ध लगाँउदा उन्को यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाईनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाईन्छ । करोडौको सख्याँमा भ्यालेन्टाईन डे कार्ड हरु , चकलेटहरु, फूलहरु अनि विभिन्न उपहारहरु साटेर मनाईदैछ । यिनै भ्यालेन्टाईनलाई बन्दी गृहमा बन्धी बनाएर राखेको समयमा बन्दीगृहको एकजना सिपाहीको छोरी सीत यिन्को प्रेम रहन गएको र मृत्यु अगाडी यिन्ले उक्त आफ्नी प्रेमीकाकालागी लेखेको चिठीमा तिम्रो प्यारो भ्यालेन्टाईनका तर्फवाट भनि आफूलाई प्रेषककारुपमा संवोधन गरेकोमा आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरुले हृदयनिकट ब्यक्तिलाई आफ्ना भ्यालेन्टाईनकारुपमा संबोधन गर्दछन् ।
मायाका नाममा कुनै र्दुब्यबहार नगरौ, मायाको सम्मान गरौ अनि मायाको पहिचान बनाऔ ।
अब मायालाई संकुचित रुपमा प्रेमी प्रेमीका सँग मात्र के जोड्नु, संसार मायामै अड्केको छ । यहाँका सबै प्राणीहरुविचमामा मायाको शितल आँचल लहराईरहोस्, माया नै धर्म हो अनि माया नै शान्ति पनि । माया र मायालु प्रति वफादार बनौ पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताई दिनुहोस, माया कति गर्नुहुन्छ भनेर ?
भेट्न संभव छ भने बेटि दिनुहोस, एक कप चिया मात्रै खाए पनि हजारौ वर्षलाई पुग्ने माया मुटुभरि भर्नुहोला ।
माया त मायै हो , कि कसो ?
अन्तमा, प्रनय दिवशको उपलक्ष्यमा विश्वका सम्पूर्ण युगल जोडा जोडीहरुमा हार्दिक शुभकामना…….
बाँपीझ्याला डटकम परिवार
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij