Nov 28 2026 | २०८३, मंसिर १२, गते

Nov 28 2026 | २०८३, मंसिर १२, गते

मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी घोषणा

मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाल सम्वत् ११४७, कछलागाः ४, चौथी (१२ मंसिर २०८३, २८ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

बस्नेतले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै उनले पार्टी सभापति गगन थापा नेतृत्वको समूहले पार्टी कब्जा गर्ने शैलीमा अघि बढेको आरोप लगाए। त्यसैकारण आफूहरूले छुट्टै महाधिवेशन गर्नुपरेको उनको भनाइ छ।

बस्नेतले सभापति थापाले आफूबाहेक अरूलाई नमान्ने व्यवहार देखाएको आरोप लगाउँदै पार्टीभित्र असन्तुष्टि बढेको बताए।

पटक–पटक चुनाव जितिरहेका नेताहरूलाई टिकट नदिएको तथा पहिले नै क्रियाशील सदस्यता अद्यावधिक गराएका सदस्यलाई समेत नचिनेको भन्दै उनले पार्टी नेतृत्वको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार