नेपाल सम्वत् ११४७, कछलागाः ३, तृर्तिया (११ मंसिर २०८३, २७ नोभेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । गायक प्रेम सेन नयाँ लोकशैलीको गीत ‘माईबेनी मेला’ लिएर श्रोता माझ आएका छन्। गीतमा प्रेम सेनको शब्द तथा संगीत रहेको छ भने गायनमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छन्।
युवक–युवती मेला भेट हुँदा हुने प्रेमिल नोकझोक र आकर्षणलाई गीतमा रमाइलो ढंगले प्रस्तुत गरिएको छ। माईबेनी मेलामा मायालुसँग भेट भएर प्रेम बसेको भाव समेटिएको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। गायक सेनले गीतको म्युजिक भिडियो भने केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्।
काठमाडौंस्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् भने लिरिकल भिडियोको सम्पादन विकास धमलाले गरेका छन्।
गायक प्रेम सेनले केही महिनाअघि ‘ज्यान माइली’ गीत सार्वजनिक गरेका थिए। त्यसअघि ‘आकाशैमा’, ‘चरी बेसार’ र ‘म्याङ्लुङ बजार’ लगायत गीत श्रोतामाझ ल्याइसकेका छन्।
डेढ दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय सेनका ‘सानी’, ‘तिम्रो पाउजु’, ‘आऊ गाऔं’ र ‘तिमीले लाको चौबन्दी’ लगायत गीत श्रोतामाझ लोकप्रिय छन्।
‘माईबेनी मेला’ गीत प्रेम सेनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij