नेपाल सम्वत् ११४७, कछलागाः २, प्रतिपदा (१० मंसिर २०८३, २६ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप जिप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
गएराति लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १०:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये आठ जनालाई थप उपचारका लागि राति ११:५५ बजे चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ। रिफर गरिएकामध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ। अश्विनको मुख र छातीमा तथा निर्मलको टाउकोमा चोट लागेको छ।
त्यस्तै, भरतपुर रिफर गरिएका अन्य घाइतेमा विनयी त्रिवेणी–४ सर्दीका १६ वर्षीय रविन चौधरी र २० वर्षीय रिजन चौधरीको अवस्था मध्यम रहेको छ भने सोही ठाउँका २३ वर्षीय विशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा र १९ वर्षीय युवराज चौधरीको अवस्था सामान्य रहेको छ।
दुर्घटनामा घाइते भएका पाँच जना भने उपचारपछि डिस्चार्ज भएका छन्। सर्दीका २६ वर्षीय सुमेन्द्र चौधरी र अरुणखोलाका २१ वर्षीय आदिश आले स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका हुन्।
यसैगरी, मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचारपछि अरुणखोलाका १५ वर्षीय प्रिन्स विक तथा सेवा मेडिकल अरुणखोलामा उपचारपछि सोही स्थानका ४० वर्षीय खेमनारायण चौधरी र २६ वर्षीय घनश्याम चौधरी डिस्चार्ज भएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij