भीमेश्वर नगरपालिका–२, पाखलतीस्थित जीवन विज्ञान प्रयोगशालाको आयोजनामा ‘प्रकाश दिवस’ विविध आध्यात्मिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। जीवन विज्ञानका गुरु रमेश नेपालले आत्मिक प्रकाश प्राप्त गर्नुभएको पावन दिनको स्मरणमा आयोजित समारोहमा साधकहरूको सम्मान, आध्यात्मिक भजन–कीर्तन तथा अनुभव आदानप्रदानलगायतका कार्यक्रम सम्पन्न भएका छन्।
समारोहमा मङ्सिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको ‘चक्र विज्ञान’ साधना शिविर सफलतापूर्वक सम्पन्न गर्ने २६ जना साधकलाई विशेष सम्मान गरिएको थियो। प्रशिक्षक तथा कल्याण मित्रहरूले साधकहरूलाई टीका र माला लगाई शुभकामनासहित सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो।
प्रयोगशाला व्यवस्थापन समितिका सदस्य लीला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कल्याण मित्र विनु श्रेष्ठले सहजीकरण तथा कार्यक्रम सञ्चालन गर्नुभएको समारोहमा कल्याण मित्र सुरेन्द्र बिजुक्छे र समाजसेवी सकुना श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा समाजसेवी सकुना श्रेष्ठले जीवन विज्ञान प्रयोगशालाको विकास, विस्तार तथा नियमित सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। उहाँको सहयोगले प्रयोगशालाको संस्थागत विकास तथा आध्यात्मिक गतिविधि सञ्चालनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
समारोहमा उपस्थित साधक तथा अतिथिहरूले आध्यात्मिक भजन–कीर्तन प्रस्तुत गर्दै कार्यक्रमलाई भक्तिमय बनाएका थिए। साथै, चक्र विज्ञान साधनाबाट प्राप्त सकारात्मक अनुभव, मानसिक शान्ति, आत्मिक जागरण र दैनिक जीवनमा आएको सकारात्मक परिवर्तनका अनुभूतिहरू एकअर्कासँग साटासाट गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष स्टालिन श्रेष्ठलगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै जीवन विज्ञानले व्यक्तिमा सकारात्मक सोच, मानसिक शान्ति, आत्मिक जागरण र स्वस्थ जीवनशैली विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँहरूले समाजमा सकारात्मक ऊर्जा, सद्भाव र आध्यात्मिक चेतना अभिवृद्धि गर्न जीवन विज्ञान प्रयोगशालाले सञ्चालन गर्दै आएका गतिविधिहरू प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
प्रकाश दिवसको अवसरमा आयोजित यस कार्यक्रमले साधकहरूबीच आपसी आत्मीयता, एकता र आध्यात्मिक अभ्यासप्रतिको उत्साह अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सोच र जीवनप्रतिको रचनात्मक दृष्टिकोण विकास गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij