नेपाल सम्वत् ११४७, कछलाथ्वः १२, नवमी (५ मंसिर २०८३, २१ नोभेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम तथा गतिविधिमार्फत मनाइँदैछ। सञ्चार, सूचना, शिक्षा, मनोरञ्जन तथा जनमत निर्माणमा टेलिभिजनको महत्त्वपूर्ण भूमिका र प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१/२०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो। टेलिभिजनले विश्वव्यापी सञ्चार, सूचना प्रवाह र जनमत निर्माणमा पुर्याएको योगदानलाई मान्यता दिँदै यो दिवस मनाउन सुरु गरिएको हो।
यसअघि सन् १९९६ नोभेम्बर २१ र २२ मा संयुक्त राष्ट्रसङ्घले पहिलो विश्व टेलिभिजन मञ्च आयोजना गरेको थियो। उक्त मञ्चमा सञ्चार क्षेत्रका प्रमुख व्यक्तित्वहरू सहभागी भई बदलिँदो विश्वमा टेलिभिजनको बढ्दो महत्त्व, प्रभाव र भूमिकाबारे छलफल गरेका थिए। सोही मञ्चको सन्दर्भलाई आधार बनाउँदै संयुक्त राष्ट्रसङ्घले नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा स्थापित गरेको हो।
टेलिभिजन सूचना तथा समाचार प्रवाह गर्ने माध्यम मात्र नभई जनमत निर्माण, सामाजिक चेतना अभिवृद्धि, शिक्षा, सांस्कृतिक आदानप्रदान र मनोरञ्जनको प्रभावशाली साधनका रूपमा स्थापित हुँदै आएको छ। विश्वका विभिन्न घटनाक्रम, सामाजिक तथा आर्थिक मुद्दा, द्वन्द्व, विपद् र विकासका गतिविधिबारे आम नागरिकलाई जानकारी गराउन टेलिभिजनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल माध्यम, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग व्यापक रूपमा बढिरहेको छ। सञ्चारका माध्यम र दर्शकको सूचना उपभोग गर्ने शैलीमा परिवर्तन आए पनि विश्वव्यापी सूचना प्रवाह, जनचेतना र सामाजिक संवादमा टेलिभिजनको भूमिका अझै महत्त्वपूर्ण रहेको संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ।
United Nations
विश्व टेलिभिजन दिवसले सञ्चारमाध्यमको सामाजिक जिम्मेवारी, तथ्यपरक सूचना प्रवाह, जिम्मेवार पत्रकारिता तथा विश्व समुदायबीच संवाद र सहकार्यको महत्त्वलाई समेत स्मरण गराउँछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij