नेपाल सम्वत् ११४६, कौलाथ्वः ४, चौथी (२८ असोज २०८३, १४ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने हुनुभएको छ। प्राकृतिक विपत्तिका कारण देशमा ठूलो जनधनको क्षति हुनुका साथै सयौँको ज्यान गएको र हजारौँ मानिस विस्थापित भएको अवस्थालाई मध्यनजर गर्दै उहाँले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने निर्णय गर्नुभएको हो।
निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपत्तिमा परी सयौँ मानिसको दुःखद निधन हुनुका साथै हजारौँ नागरिक विस्थापित भएको दुःखद परिस्थितिलाई ध्यानमा राखेर पूर्वराजा शाहले यस वर्षको दसैँ सादगीपूर्वक मनाउने निर्णय गर्नुभएको हो।
सचिवालयद्वारा जारी सूचनामा पूर्वराजा शाहले आफ्नो आस्था, मान्यता र मर्यादा कायम राख्दै असहज परिस्थितिमा दसैँ पर्व सादगीपूर्वक मनाउने निर्णय गर्नुभएको उल्लेख छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको दुःख र पीडालाई ध्यानमा राख्दै गरिएको यस निर्णयअनुसार यस वर्ष विजयादशमीका दिन निर्मल निवासमा सर्वसाधारणका लागि टीका तथा जमरा लगाइदिने कार्यक्रम हुने छैन।
नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व बडादसैँका अवसरमा पूर्वराजा शाहले विगतका वर्षहरूमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिँदै आउनुभएको थियो। तर, यस वर्षको प्राकृतिक विपत्तिपछिको असहज अवस्थालाई मध्यनजर गर्दै उहाँले दसैँ सादगीपूर्वक मनाउने निर्णय गर्नुभएको सचिवालयले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij