Oct 23 2026 | २०८३, कार्तिक ७ गते

Oct 23 2026 | २०८३, कार्तिक ७ गते

कांग्रेस महाधिवेशन : प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तोकिए

कांग्रेस महाधिवेशन : प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तोकिए

नेपाल सम्वत् ११४६, यंलागाः ८, अष्ठमी (१८ असोज २०८३, ४ अक्टोबार, २०२६) आईतबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा काठमाडौंका विभिन्न स्थानमा पार्किङ व्यवस्थापन गरिएको हो।

उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ।

यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र समेत केही सवारीसाधन पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको संयोजक स्वाँरले जानकारी दिए।

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरका साथै विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार