नेपाल सम्वत् ११४६, यंलागाः १, प्रतिपदा (११ असोज २०८३, २७ सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, दोलखाको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सञ्चालन गतिविधि तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको छ।
संस्थाका अध्यक्ष सोममैयाँको अध्यक्षतामा सम्पन्न सभामा दोलखा जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद फुयाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ विशेष अतिथि तथा नगर कार्यपालिका सदस्य एवं नसस मुना श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, शेयर सदस्य तथा शुभेच्छुकहरूलाई संस्थाका उपाध्यक्ष रामदेवी श्रेष्ठ (रानु) ले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव सिर्जना खड्काले गर्नुभएको थियो। साथै उहाँले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । यसै गरी कोषाध्यक्ष कुमारी जोशी चाकुबजीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको वर्तमान अवस्था, उपलब्धि तथा आगामी कार्यदिशाका विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।
साधारण सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै सहकारीको भावी योजना तथा कार्यक्रमका विषयमा आवश्यक छलफल गरिएको थियो। सदस्यहरूको हितलाई केन्द्रमा राख्दै सहकारीको सेवा विस्तार, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत जोड दिइएको थियो।
महिला सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा योगदान पु¥याउँदै आएको त्रिपुरा महिला सहकारीले बचत तथा ऋणलगायतका सहकारी सेवामार्फत सदस्यहरूको आर्थिक गतिविधिमा सहयोग पु¥याउँदै आएको छ। साधारण सभामा संस्थाले हालसम्म हासिल गरेका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा सेवा तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
सभामा सञ्चालक समिति, लेखा समिति, शेयर सदस्य तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सहकारीलाई थप व्यवस्थित, पारदर्शी, जवाफदेही तथा सदस्यकेन्द्रित बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
तीन दशकभन्दा लामो यात्रा पूरा गरेको त्रिपुरा महिला सहकारीले आगामी दिनमा महिला सदस्यहरूको आर्थिक सशक्तीकरणसँगै संस्थागत विकास, सदस्यको हित संरक्षण तथा सदस्यकेन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij