Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

भारी वर्षाको जोखिममा दोलखामा राति सवारी सञ्चालनमा रोक

भारी वर्षाको जोखिममा दोलखामा राति सवारी सञ्चालनमा रोक

नेपाल सम्वत् ११४६, यंलाथ्वः १३, त्रयोदशी (८ असोज २०८३, २४ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । भारी वर्षा तथा बाढी–पहिरोको जोखिम बढेपछि दोलखामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाले आज सूचना जारी गर्दै असोज ८ गतेदेखि असोज १० गते शनिबारसम्म जिल्लाका लोकमार्ग तथा भित्री सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलद्वारा जारी सूचनामा उक्त अवधिमा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ। अत्यावश्यक यात्रा गर्नुपर्ने भएमा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आपत्कालीन अवस्था आएमा तत्काल जिल्ला प्रशासन कार्यालय तथा नजिकका सुरक्षा निकायमा खबर गर्नसमेत प्रशासनले अनुरोध गरेको छ।

notice15.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार