नेपाल सम्वत् ११४६, यंलागाः १, प्रतिपदा (११ असोज २०८३, २७ सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । मनाङको चामे नजिकै लेदोसहितको बाढी आएपछि मर्स्याङ्दी नदी थुनिएको छ। घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदीको बहाव अवरुद्ध भएपछि आसपासका क्षेत्रमा जोखिम बढेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार घट्टे खोलाबाट ठूलो मात्रामा लेदोसहितको बाढी आएपछि मर्स्याङ्दी नदी थुनिएको हो। नदीको बहावसमेत बढ्दै गएकाले नदी आसपासका बस्ती तथा क्षेत्रमा जोखिम बढेको उहाँले बताउनुभयो।
नदी थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै मर्स्याङ्दी नदी क्षेत्रमा साइरन बजाइएको छ। जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
अचानक नदीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले मर्स्याङ्दी नदी तथा आसपासका क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। साथै, स्थानीय सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमको निगरानी र आवश्यक तयारीमा राखिएको जनाइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij