Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

नेपाल सम्वत् ११४६, यंलाथ्वः १३, त्रयोदशी (८ असोज २०८३, २४ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको हो।

नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अङ्कित पानीछाप राखिएको छ। बैजनी रङको घेराभित्र फिक्का हरियो रङको नोटमा दृष्टिविहीन व्यक्तिले स्पर्शबाट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू पनि राखिएका छन्।

नोटमा सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो राखिएको छ। नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ। साथै, नेपालको सातवटा प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातवटा लालीगुराँसका चित्र र हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।

notice-of-Rasta-bank.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार