नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । कालिञ्चोक गाउँपालिका–३ का १९ वर्षीय विजय खत्री चोरी गरेको आरोपमा काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार खत्रीले असोज ४ गते कालिञ्चोक–३ स्थित पार्वती खत्रीको घरको झ्याल फुटाएर कोठाभित्र प्रवेश गरी कपडामा राखिएको सेतो बोराभित्र पोलिथिनमा लुकाएर राखिएको ६ लाख ७७ हजार रुपैयाँ चोरी गरेको आरोप छ।
चोरीपछि फरार रहेका खत्रीलाई प्रहरीले असोज ६ गते अपराह्न करिब ४ बजे काठमाडौं महानगरपालिका–३२, कोटेश्वरबाट पक्राउ गरेको हो। नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले चोरी गरेको रकम कोटेश्वरस्थित एक घरको भ¥याङमुनि लुकाएको बताएपछि प्रहरीले उक्त स्थानबाट २ लाख ४ हजार १० रुपैयाँ बरामद गरेको जनाएको छ।
त्यस्तै, खत्रीले प्रयोग गरेको कालो रङको जिन्स पाइन्टको दाहिने खल्तीमा रहेको पर्सबाट करिब ०.३७ ग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातुको एक थान मुन्द्रासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय दोलखा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी किरण लोचनले जानकारी दिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij