नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बुधबार भेटवार्ता गरेकी छन्।
अमेरिकी दूतावासका अनुसार भेटका क्रममा नेपालमा बाढीपछि भइरहेको पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका विषयमा छलफल भएको थियो।
कार्यवाहक राजदूत बोल्डिनले विपद्बाट प्रभावित नेपाली समुदायलाई निरन्तर सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको बताइन्। उनले बाढी तथा अन्य विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिकको खोजी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाइन्।
अमेरिकी दूतावासका अनुसार अमेरिकाले नेपालमा बाढी तथा विपद् प्रभावित क्षेत्रको सहयोगका लागि हालसम्म ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराइसकेको छ। उक्त सहयोगअन्तर्गत स्थायी पुल निर्माण, खानेपानी तथा सरसफाइ, आश्रय, जीविकोपार्जन, जाडोयामका सामग्री तथा विपद् प्रतिकार्यका उपकरणलगायतका कार्यक्रम समेटिएका छन्।
भेटका क्रममा बोल्डिनले नेपालमा कार्यरत अमेरिकी कम्पनीका लागि व्यावसायिक वातावरण सुधार गर्न सरकारले गरेको प्रयासप्रति कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई धन्यवाद दिइन्। साथै, नेपालमा अमेरिकी लगानी तथा व्यवसायका लागि वातावरणलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij