Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

प्रधानमन्त्री शाहद्वारा मौसमी विपद्को जोखिममा पूर्वतयारी र सतर्कता अपनाउन आग्रह

प्रधानमन्त्री शाहद्वारा मौसमी विपद्को जोखिममा पूर्वतयारी र सतर्कता अपनाउन आग्रह

नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। उहाँले नागरिकलाई समेत सुरक्षित रहन, सचेत बन्न र आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ।

मौसम पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक अवरोधको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। विशेषगरी पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, ताप्लेजुङसहित कोशीका हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्भावित खराब मौसमका कारण सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचनाको नियमित पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार