Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

मुगुको कालै आसपास दुईपटक भूकम्प, क्षतिको विवरण आएन

मुगुको कालै आसपास दुईपटक भूकम्प, क्षतिको विवरण आएन

नेपाल सम्वत् ११४६, यंलाथ्वः ५, पञ्चमी (३१ भाद्र २०८३, १६ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा स्थानीय म्याग्निच्युड ४.५ को भूकम्प गएको हो। त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

दुवै भूकम्पको केन्द्रबिन्दु मुगुको कालै आसपास रहेको जनाइएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिबारे भने हालसम्म कुनै विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार