नेपाल सम्वत् ११४६, यंलाथ्वः ३, तृर्तिया (२९ भाद्र २०८३, १४ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । मकवानपुरको भीमफेदी गाउँपालिका–९, अघोर बजार नजिकै त्रिभुवन राजपथको सडक भासिएपछि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
सोमबार बिहान करिब ९ः४० बजे राजमार्गको सडकको तल्लो भाग भासिएपछि सडक एकतर्फी सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ। सडक भासिएपछि हेटौंडा–काठमाडौं आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।
भासिएको सडकखण्डलाई दुईतर्फी सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी तत्काल ट्र्याक निर्माण गर्ने पहल भइरहेको प्रहरीले जनाएको छ। सडक दुईतर्फी खुलाउन इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिकसहितको टोली परिचालन गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि हेटौंडा–काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ। वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेका कारण पछिल्लो समय त्रिभुवन राजपथमा सवारीसाधनको चापसमेत बढेको छ।
सडक भासिएपछि थप क्षति हुन नदिन र सवारी आवागमनलाई सहज बनाउन सम्बन्धित निकायले तत्काल मर्मत तथा सडक व्यवस्थापनको काम अघि बढाउनुपर्ने अवस्था देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij