Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

बाढीको १९ दिनपछि पनि तङ्ग्रिएन देवीघाट र ढुङ्गे बजार

बाढीको १९ दिनपछि पनि तङ्ग्रिएन देवीघाट र ढुङ्गे बजार

नेपाल सम्वत् ११४६, यंलाथ्वः ३, तृर्तिया (२९ भाद्र २०८३, १४ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । रसुवामा भाद्र १० गते आएको विनाशकारी बाढीको १९ दिन बितिसक्दा पनि नुवाकोटको देवीघाट र ढुङ्गे बजार क्षेत्र अझै सामान्य अवस्थामा फर्किन सकेको छैन। बाढीका कारण घर तथा पसलमा थुप्रिएको बालुवा, ढुङ्गा र माटो स्थानीयवासी आफैँले सफा गरिरहेका छन्।

बाढीले घरभित्र पसेको लेदो र माटो हटाउनेदेखि बाढीले पुरिएका तथा बगाउन नसकेका सामान खोज्ने काममा स्थानीय व्यस्त छन्। कतिपय घर तथा पसलमा क्षति भएका सामान निकाल्ने र सरसफाइ गर्ने काम अझै जारी छ।

बाढीका कारण घर, पसल, सडक तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। विपद्को १९ दिन बितिसक्दा पनि प्रभावित क्षेत्र पूर्ण रूपमा सफा तथा व्यवस्थित हुन नसक्दा स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ।

यसैबीच, बाढीपछि त्रिशूली नदी तथा आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य पनि जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित संरचना तथा जोखिमयुक्त क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएका छन्।

स्थानीयवासीले तत्काल प्रभावित क्षेत्रमा सरसफाइ, क्षतिको व्यवस्थापन तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायको थप सक्रियता आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार