नेपाल सम्वत् ११४६, यंलाथ्वः १, प्रतिपदा (२७ भाद्र २०८३, १२ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार साँझ ६ बजेसम्म विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, गोरखामा ७७, तनहुँमा ३८, चितवनमा ३६४, नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ ।
फेला परेका शवमध्ये हालसम्म १०४ जनाको मात्र सनाखत भएको छ । सनाखत भएका शव परिवारले बुझिलिएका छन् ।
बाढीपछि अझै ५ हजार १३० जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । उद्धार तथा खोजी कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस अझै बेपत्ता छन् ।
हालसम्म १३ हजार ७२८ जनाको उद्धार गरिएको छ । बाढीबाट प्रभावित भई घाइते भएका ३३९ जना विभिन्न १९ अस्पतालमा उपचाररत छन् ।
त्यस्तै, प्रभावितका लागि स्थापना गरिएका ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ७६१ जना आश्रय लिएर बसेका छन् । तीमध्ये रसुवामा ८३९, नुवाकोटमा २ हजार ५८७ र धादिङमा ३३५ जना रहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij