नेपाल सम्वत् ११४६, गुंल्लागाः १३, त्रयोदशी (२४ भाद्र २०८३, ०९, सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर टीकाटिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामिछानेले सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा विपद् प्रभावित नागरिकमाथि तुच्छ टिप्पणी र कटाक्ष गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गर्नुभएको हो ।
‘यो महाविपद्को समय
मा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौँ,’ उहाँले भन्नुभयो ।
लामिछानेले विपद्मा परेका नागरिकमाथि दुर्व्यवहार गर्ने व्यक्तिमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गर्नुभयो । विज्ञप्ति जारी गरेर मात्रै नभई पीडितको पक्षमा राज्य साँच्चिकै उभिएको अनुभूति नागरिकले गर्ने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ ।
रास्वपाले पनि विपद्मा पीडित नागरिकलाई होच्याउने वा सामाजिक सञ्जालमा साइबर बुलिङ गर्ने सदस्य तथा समर्थकलाई संरक्षण नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन,’ लामिछानेले भन्नुभयो, ‘हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ ।’
पार्टीको जुनसुकै तहका सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकलाई सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङमा संलग्न भएको पाइए कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij