Nov 24 2026 | २०८३, मंसिर ८, गते

Nov 24 2026 | २०८३, मंसिर ८, गते

भोटेकोशी बाढीबारे विशेष प्रस्तावसहित प्रतिनिधिसभा बैठक आज

भोटेकोशी बाढीबारे विशेष प्रस्तावसहित प्रतिनिधिसभा बैठक आज

नेपाल सम्वत् ११४६, गुंल्लागाः ५, पञ्चमी (१७ भाद्र २०८३, २ सेप्टेम्वर २०२६) बुधबार, बाँपिझ्याला । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकको मुख्य एजेन्डा भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको व्यापक जनधनको क्षतिबारे केन्द्रित रहनेछ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख डोलप्रसाद अर्यालले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

विशेष प्रस्तावमा भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार, देवीघाट तथा धादिङ, चितवन र गोरखाका त्रिशूली तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ। बाढीका कारण स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैको ज्यान गएको र व्यापक आर्थिक तथा भौतिक क्षति भएकोप्रति बैठकले गहिरो दुःख व्यक्त गर्ने प्रस्तावमा उल्लेख छ।

बैठकले विपद्बाट प्रभावित तथा घरबारविहीन बनेका परिवारहरूको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने तथा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि समेटेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिनेछ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी पछिल्लो समय नेपालले भोगेको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिमध्ये एक मानिएको छ। उद्धार, राहत तथा पुनःस्थापनाका कामहरू जारी रहँदा आजको प्रतिनिधिसभा बैठकले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका विषयमा समेत महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार