नेपाल सम्वत् ११४६, दिल्लागाः ६ षष्ठी (१९ साउन, २०८४, ४ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले मंगलबार पुनः विरोध जनाएका छन्। सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
विरोध जनाउने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।
विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर निरन्तर विरोध गर्दै आएका छन्। प्रधानमन्त्री शाहले उक्त दिन संसद्मा "भारतको भूमि नेपालले पनि मिचेको छ" भन्ने अभिव्यक्ति दिएका थिए।
विपक्षी दलहरूको माग अनुसार हालसम्म प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे संसद्मा औपचारिक स्पष्टीकरण दिएका छैनन्। साथै, सभामुख डोलप्रसाद अर्यालले पनि उक्त अभिव्यक्तिलाई संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन संसद् सचिवालयलाई कुनै निर्देशन नदिएको भन्दै विपक्षीले विरोधलाई निरन्तरता दिएका छन्।
यसै विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा पटक–पटक अवरोध हुँदै आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij