Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

राष्ट्रिय सभाका सुझाव सरकारले बेवास्ता गर्‍यो : झक्कुप्रसाद सुवेदी

राष्ट्रिय सभाका सुझाव सरकारले बेवास्ता गर्‍यो : झक्कुप्रसाद सुवेदी

नेपाल सम्वत् ११४६, दिल्लागाः ३ तृर्तिया (१६ साउन, २०८४, १ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले राष्ट्रिय सभाका सांसदहरूले दिएका आवश्यक सुझावसमेत बेवास्ता गर्ने प्रवृत्ति बढेको आरोप लगाउनुभएको छ।

शनिबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपालमा ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो विषयक छलफलमा बोल्दै उहाँले संविधानले राष्ट्रिय सभालाई सीमित अधिकार दिएको उल्लेख गर्दै सरकारले विधेयकमाथि सांसदहरूले दिएका महत्वपूर्ण सुझावहरू स्वीकार नगरेको गुनासो गर्नुभयो।

सुवेदीले हालै राष्ट्रिय सभाका सबै सदस्य एकमत भएर सहकारीसम्बन्धी विधेयकमा संशोधनका लागि सुझाव दिएको भए पनि सरकारले त्यसलाई अस्वीकार गरेको बताउनुभयो। सही र आवश्यक परिमार्जनका प्रस्ताव राखिए पनि सरकारले नमानेपछि विधेयकलाई उल्लेखनीय संशोधनबिनै पारित गर्नुपरेको उहाँको भनाइ थियो।

उहाँले उत्तरविधायिकी परीक्षणको वार्षिक क्यालेन्डर बनाएर छलफल र सुझाव दिने व्यवस्था सकारात्मक भए पनि सरकारले ती सुझाव कार्यान्वयन नगरे त्यसको कुनै अर्थ नहुने धारणा राख्नुभयो।

सुवेदीका अनुसार अघिल्ला सरकारसँग राष्ट्रिय सभाले असहमति जनाउँदा संवाद र सम्झौताको वातावरण बन्ने गरेको भए पनि वर्तमान सरकारले भने राष्ट्रिय सभाका सुझावप्रति कुनै लचकता नदेखाएको आरोप लगाउनुभयो।

उहाँले सहकारीसम्बन्धी विधेयकमा ६–७ घण्टासम्म निरन्तर छलफल हुँदा पनि राष्ट्रिय सभाका सुझाव स्वीकार नगरिएको उल्लेख गर्दै संसद्को सुझावलाई सरकारले निरन्तर बेवास्ता गर्ने हो भने उत्तरविधायिकी परीक्षणको औचित्यमाथि नै प्रश्न उठ्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार