नेपाल सम्वत् ११४६, दिल्लागाः ३ तृर्तिया (१६ साउन, २०८४, १ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । नेपाल एकेडेमी अफ टुरिज्म, होटल एण्ड माउन्टेनियरिङ (न्याथम) ले न्याथम इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार प्रतियोगिता भदौ ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। भेलोसिटी क्रिकेट एरिनामा हुने प्रतियोगितामा स्नातक तहका १६ वटा कलेज सहभागी हुनेछन्।
प्रतियोगिताको विजेता टोलीले ८० हजार रुपैयाँ तथा उपविजेता टोलीले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यसका साथै प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान र बेस्ट बलर लाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
न्याथमले प्रतियोगितामार्फत विद्यार्थीबीच खेलकुदको विकास, स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij