नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत नेपालले बुधबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्सको उट्रेटमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।
शृंखलाका यसअघिका तीनै खेलमा पराजित भएको नेपालका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ। लिग–२ मा आफ्नो सम्भावना बलियो बनाउन नेपाललाई जित अपरिहार्य बनेको छ। यो नेदरल्यान्ड्स भ्रमणमा नेपालको अन्तिम खेल पनि हो।
हाल अंक तालिकामा नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ भने नेपाल ३१ खेलबाट २४ अंकसहित आठ टोलीमध्ये छैटौँ स्थानमा छ।
यस त्रिकोणात्मक सिरिजपछि नेपालले लिग–२ अन्तर्गत थप चार खेल खेल्नेछ। त्यसैले आगामी खेलहरूको तयारीका लागि पनि नेदरल्यान्ड्सविरुद्धको नतिजा नेपालका लागि महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij