Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।

उपचारका क्रममा मंगलबार हेलिअस अस्पतालमा निधन भएका नेता श्रेष्ठको सम्झनामा बुधबार बिहान बसेको कांग्रेसको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै विभिन्न निर्णय गरेको हो।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार साउन १३, १४ र १५ गतेसम्म सबै पार्टी कार्यालयमा झण्डा आधा झुकाइनेछ। यस्तै, साउन १४ गते बिहीबार देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको छ।

कांग्रेसले सबै पार्टी कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको छ। १३औँ दिनमा श्रेष्ठको गृहजिल्ला स्याङ्जाको कालीगण्डकीस्थित राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गरिने जनाइएको छ।

नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न बुधबार बिहान उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको थियो। त्यहाँ कांग्रेसका नेता तथा कार्यकर्तासहित विभिन्न राजनीतिक दलका नेताहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन्।

श्रेष्ठको बुधबार नै काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसका पुराना तथा अनुभवी नेताका रूपमा परिचित श्रेष्ठको निधनले पार्टी र नेपाली राजनीतिमा ठूलो क्षति पुगेको भन्दै विभिन्न दलका नेताहरूले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार