नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल टेलिकमले ‘मनसुन अफर ०८३’ अन्तर्गत नयाँ तथा थप सुविधायुक्त विभिन्न डेटा, भ्वाइस र एसएमएस प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले मंगलबारदेखि लागू हुने गरी पोस्टपेड र प्रिपेड दुवै ग्राहकका लागि आकर्षक अफर ल्याएको जनाएको छ।
टेलिकमका अनुसार पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँका नयाँ प्याक उपलब्ध गराइएको छ। ३७३ रुपैयाँको ३० दिन अवधिको प्याकमा ६ जिबी डेटा, ४०० मिनेट अल–नेट भ्वाइस कल तथा ५० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछ। त्यस्तै, ४९९ रुपैयाँको प्याकमा १० जिबी डेटा, ५०० मिनेट अल–नेट भ्वाइस कल र १०० वटा अल–नेट एसएमएस समावेश गरिएको छ।
यसैगरी, पोस्टपेडका सजिलो अनलिमिटेड प्याकअन्तर्गत ६९९, ७९९ र ९९९ रुपैयाँका प्याकमा थप सुविधा प्रदान गरिएको छ। यी प्याकमा क्रमशः २, १० र १५ जिबी डेटा उपलब्ध हुनेछ भने सबै प्याकमा अनलिमिटेड भ्वाइस कल र एसएमएस सुविधा समावेश गरिएको छ।
धेरै डेटा प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै १,४९९ रुपैयाँको प्याकमा अनलिमिटेड भ्वाइस कल, ५०० जिबी डेटा र ३५० वटा एसएमएस उपलब्ध गराइएको छ। त्यस्तै, १,९९९ रुपैयाँको ‘एक्जिक्युटिभ प्याक’मा अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा र ५०० वटा एसएमएस सुविधा प्रदान गरिने टेलिकमले जनाएको छ।
प्रिपेड ग्राहकका लागि पनि नयाँ डेटा अफर ल्याइएको छ। ९९ रुपैयाँमा एक दिनको समयावधिसहित ८ जिबी डेटा र १९९ रुपैयाँमा सात दिनका लागि २० जिबी डेटा उपलब्ध हुनेछ।
त्यसैगरी, सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई पनि थप आकर्षक बनाइएको छ। ९९९ रुपैयाँ र १,४९९ रुपैयाँका प्याकमा क्रमशः मासिक ४५० जिबी र ५०० जिबी डेटा उपलब्ध हुनेछ। यी प्याकमा भ्वाइस कल र एसएमएस सुविधा समेत समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले मनसुन अफरमार्फत ग्राहकलाई थप किफायती दरमा उच्च डेटा, अनलिमिटेड कल तथा एसएमएस सुविधा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij